७ कार्तिक २०८३, शनिबार

काभ्रेको रोडा–ढुंगा उद्योगमा एक्स्काभेटरले माटो खन्ने क्रममा पुरिएर एकजनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१२ स्थित एक रोडा–ढुंगा उद्योगमा खन्ने काम भइरहेकै बेला पहिरो खस्दा एक मजदुरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

एक्स्काभेटर प्रयोग गरेर उत्खनन भइरहेका क्रममा अचानक पहिरो खसेपछि डोजर चलाइरहेका ३४ वर्षीय रामबहादुर तिमल्सिना घटनास्थलमै मृत भेटिएका हुन्। उनी खानीखोला गाउँपालिका–२ का स्थायी बासिन्दा भई हाल पनौती–९ मा बस्दै आएका थिए।

उक्त दुर्घटनामा पनौती–१२ का ३५ वर्षीय ईश्वर गुरुङ घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।