– भाष्कर केसी
महेन्द्रनगर, १५ साउन । कञ्चनपुर कृष्णपुर–२ वाणी बजारमा रहेको कृष्ण मोबाईल सिटी नाम गरेको पसलमा यही असार ३ गते राति पसलबाट ९५ हजार नगद ९५ थान मोबाइल २२ हजार रिचार्ज कार्ड २ थान डिजिटल क्यामेरा ब्याट्री चार्जर हेडफोन लगायतका समान गरी नौ लाख बराबरको चोरी भएको थियो ।
चोरी भएको र ४ गते नै प्रहरी समक्ष उजुरी गरेको पसलका सञ्चालक कृष्ण महराले पक्रकार सम्मेलनमा बताउनुभयो । प्रहरीले चोर समात्न ढिलाई गरेपछि पीडित आफैंले चोर पत्ता लगाई प्रहरीलाई सूचना दिई बैतडीको पुर्चडीहाटबाट प्रेम बमलाई पक्राउ गरेको र चोरीमा संलग्न बमले चोरीमा संलग्न र समान किन्ने सबैको नाम प्रहरी समक्ष भनेको थिए नरेश बम, किरन बम र सहयोगी हिक्मत बोहरा र गणेश साउदलाई प्रहरीले पक्राउ गरी त्यतिकै छाडेको संचालक महराले आरोप लगाए ।
आरोपी हिक्मत बोहराबाट प्रहरी ले चोरी भएका मोबाइल बरामद गरेर पनि कारबाई नगर्नुले प्रहरी समेत अवैध असुली गरी उन्मुक्ति दिएको, बारम्बार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गई अनुसन्धानमा संलग्न ईन्सपेक्टर कर्ण बहादुर बम र डीएसपी अभिनारायण काफ्लेलाई अनुरोध गर्दा समेत कुनै वास्ता नगरेको र ईन्सपेक्टर बमसँग जानकारी लिँदा वास्ता नगर्नु, चोरीका अधिकांश मोबाईल पक्राउ गरिएको र ती समान सहित एक दुई दिनमा पत्रकार सम्मेलन गरेर चोरलाई समेत सार्वजनिक गर्ने बताएको भएपनि पछि सम्र्पक गर्दा अदालतमा मुद्धा दायर भई सकेको छ । अदालतले जे फैसला गर्छ त्यहि हुन्छ भनेको पीडित महराले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोर कुमार दाहालले भने आफूहरुले सक्दो प्रयास गरेको र घटनामा संलग्नहरुलाई पक्राउ गरेको भन्दै आरोपीहरुलाई उन्मुक्ति दिने काम नगरेको बताए । घटनामा संलग्न केहीलाई आवश्यक परेका बेला उपस्थित गराउने शर्तमा वकिलको रहोबरमा अदालतले छोडेको र अनुसन्धान जारी रहेको समेत उहाँले बताउनुभयो । प्रहरीले चोरबाट प्राप्त भएका समानहरु समेत आफूहरुलाई उपलब्ध नगराएको पीडित कृष्ण महराले बताए ।















प्रतिक्रिया