७ कार्तिक २०८३, शनिबार

सडक निर्माणमा एमसीए नेपालद्धारा साढे ३ अर्बको ठेक्का सम्झौता

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।

आज काठमाडौंमा एमसीए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयन क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।

यसैगरी एमसीए–नेपालले हालै उक्त सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग सम्झौता गरेको छ ।

आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नति क्रममा सात मिटरको क्यारिज वे र २.५ मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए ।