८ कार्तिक २०८३, आइतबार

बाँकेका निमित्त जिल्ला वन अधिकृत प्रमुख ४० हजार घुससहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghus-bake– विश्वराज पछल्डङ्ग्या

नेपालगन्ज, १५ साउन । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला वन कार्यालय बाँकेका निमित्त प्रमुख सहायक जिल्ला वन अधिकृत बदरुद्दिन खाँलाई ४० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको छ ।

अख्तियारको सम्पर्क कार्यालय कोहलपुरको टोलीले बेलुका ५ बजेतिर निमित्त जिल्ला वन अधिकृत खाँलाई वन सम्बन्धि चलिरहेको मुद्दा मिलाई दिन्छु भनि घुस लिने क्रममा रंगेहात पक्राउ गरिएको हो ।

पक्राउ परेका खाँलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइने सम्पर्क कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए ।

६ महिनाको अवधिमा अख्तियार सम्पर्क कार्यालय कोहलपुरको टोलीले बाँके र बर्दियामा गरी १० वटा मुद्दा चलाइसकेको छ । प्रहरी उपरीक्षक कुँवरका अनुसार बाँकेमा ८ र बर्दियामा २ वटा मुद्दा चलाइएको छ ।