८ कार्तिक २०८३, आइतबार

जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

darchula_districtदार्चुला, १५ साउन । अपी नाम्पा संरक्षण क्षेत्रको व्यवस्थापन परिषद गठनमा स्वतन्त्र उम्मेदवार चक्रसिह ह्याकी निर्वाचित भएका छन् । नेपाली काग्रेसका उम्मेदवार ललितसिह बोहरालाई एक मतले पराजीत गर्दै ह्याकी निर्वाचित भएका हुन् । ह्याकीले १४ तथा बोहराले १३ मत प्राप्त गरे । परिषद गठनको लागि २५ पुरुष र २ महिला गरी २७ जनाले मतदान गरेका थिए ।

नेकपा एमाले, एमाओवादी र नेकपा माओवादी गठबन्धनको सहयोगमा ह्याकी विजयी भएका हुन् । आज बिहान नेपाली काग्रेस परित्याग गरी गठबन्धनमा आएपछि ह्याकीलाई उम्मेदवारी बनाइएको हो । ह्याकीले विज्ञप्ती जारी गर्दै राजनीति भन्दा पनि स्वतन्त्र व्यक्ति भएर संरक्षण क्षेत्रको अध्यक्ष पदमा लडेको बताए ।

आफुले जित हाशिल गरेपश्चात अध्यक्ष ह्याकीले पत्रकार सम्मेलन एवं आम भेलालाई सम्बोधन गर्दै सबै पार्टीलाई मिलाएरै अघि बढ्ने प्रतिबद्धता जनाए ।

आफुले काग्रेस पार्टी परित्याग गरेको भन्दै आफु कुनै हालतमा काग्रेसमा नफर्किने उनले बताए । उपभोक्ताको अधिकारको सुनिश्चितता गर्न आफु लागि पर्ने छु उनले भने, पाँच वर्षको कार्यकाल स्वतन्त्र पूर्वक दलहरुको सहमतिमा काम गर्छु । काग्रेस भित्रबाट उम्मेदवारी नपाएपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । काग्रेसले नेता ललितसिह बोहरालाई उम्मेदवार बनाएपछि उनी गठबन्धनमा सामिल भएका थिए ।

विजयी सभामा बोल्दै नेकपा एमालेका अध्यक्ष रामदत्त जोशीले प्रभावित क्षेत्रका उपभोक्ताको अधिकार सुनिश्ति गर्न पवित्र गठबन्धन भएको बताए । आफुहरुले कुनै व्यक्ति, पार्टी विशेष गठबन्धन नबनाएको भन्दै उनले जनताको अधिकार रक्षागर्न गठबन्धनको खाचो भएको टिप्पणी गरे । नेकपा एमालेले स्थापना कालदेखि जनताको अधिकार सुनिश्चित नभएको भन्दै संरक्षण क्षेत्र गठनमा आपत्ति जनाउँदै आएको थियो । अब संरक्षण क्षेत्रको नियमावली परिमार्जनदेखि उपभोक्ता अधिकार सुनिश्चित गर्नतर्फ ध्यान जाने छ अध्यक्ष जोशीले भने ।

जनताको अधिकार कुण्ठित गर्न केही तत्वहरुले अध्यक्षहरु नै किन्ने प्रयास गरे, एमाओवादी अध्यक्ष मानबहादुर धामीले भने, सबै प्रयास असफल बनाउन सफल भयौ । अबको विकल्प भनेको सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता हो उनले भने । कम्युनिष्टहरु विषय परिवेश हेरी जिल्लामा जुनसुकै दलसँग सहकार्य गरि अघि बढ्छौ । उनले आफुहरुले संरक्षण क्षेत्रको परिषदलाई सर्वसम्मति बनाउने प्रयास गरेको भएपनि काग्रेसले दम्भ देखाएको अध्यक्ष धामीको भनाई थियो ।

परिषदको अध्यक्षको लागि तीन जनाले उम्मेदवारी दर्ता गरेकोमा एमाओवादीका भगतसिह ठेकरेले उम्मेदवारी फिर्ता लिएका थिए । नेपाली काग्रेसका प्रवक्ता समेत रहेका दिलेन्द्रप्रसाद बडुले संरक्षण क्षेत्र जिताउन गरेको प्रयास असफल भएको छ ।

संविधान सभाको सुझाव संकलनको क्रममा दार्चुला पुग्नुभएका बडु संरक्षण क्षेत्रमा काग्रेस विजयी गराउन जिल्लामा लामो बसाइ गरेका थिए । उनले महिला उम्मेदवारी विजयी भएपछि अब जिल्लामा कुनै पनि कम्युनिष्टको ताकतले अब काग्रेसलाई संरक्षण क्षेत्रमा रोक्न नसक्ने तर्क दिएका थिए ।