२९ आश्विन २०८३, बिहिबार

विश्वकप फुटबललाई लिएर ब्राजिलमै तनाव, सयौं उत्तेजक प्रदर्शनकारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Brazil-protest

ब्रासिलिया, ३० जेठ । विश्वकप आयोजक राष्ट्र ब्राजिलको साओ पाओलो स्टेडियममा गएराति भब्य समारोहकाबीच विश्वकप फुटबल खेलको सुरुवात भएपनि त्यहाँ विरोध प्रदर्शन भने जारी रहेको छ । त्यहाँका विपक्षी दलहरुले विरोध प्रदर्शनलाई  निरन्तरता दिएका छन् ।

विपक्षीहरुले सो खेलको आयोजना महँगो भएको र त्यसले देशलाई केही पनि नदिने तर्क अघि सार्दै विरोधलाई जारी राखेको समाचारमा जनाइएको छ । विपक्षीहरुले विभिन्न स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले विमानस्थल र रेल सेवा पनि ठप्प पार्ने धम्की दिएको भए पनि अहिलेसम्म सेवा भने सुचारु नै भएको छ ।

प्रहरीले विमानस्थल बन्द गर्न खोज्ने र विरोध प्रदर्शनलाई थप उत्तेजक बनाउन खोज्ने सयौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

करिब १६ अर्ब अमेरिकी डलर खर्च भएको भनिएको विश्वकै लगभग सबैभन्दा महँगो र चर्चित यस फुटबल प्रतिश्पर्धा करिब महिनादिनसम्म सञ्चालन हुँदैछ । सो प्रतिश्पर्धामा विश्वका ३२ देशका खेलाडीले भाग लिएका छन् ।

रासस/सिन्ह्वा