८ कार्तिक २०८३, आइतबार

क्यानडा र अष्ट्रेलिया पठाइदिने भनी ठगी गर्ने पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pratap-bhattaकाठमाडौँ, १५ साउन । क्यानडा र अष्ट्रेलियामा वर्किङ भिषामा पठाइदिन्छु भनी रकम ठगी गर्ने भक्तपुर दुवाकोट बस्ने सर्लाही लालबन्दी गाविस–१ का ३१ वर्षीय प्रताप भट्टलाई महानगरीय अपराध महाशाखाले बिहिबार काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको छ ।

भट्टले साउन २, १२ र १४ गते कान्तिपुर पत्रिकाको बर्गीकृत विज्ञापनमा ‘क्यानडा, युरोप, अष्ट्रेलिया, ओर्क भिषा स्योर’ भनी मोवाईल नम्बर ९८०३५५९०४० र ‘क्यानडा, अष्ट्रेलिया डिपेन्डेन्ट म्यारिज’ भनि ९८१३११४७७६ नम्बर राखी विज्ञापन गरेकोमा विज्ञापनलाई हेरी काठमाडौं धापासी बस्ने कृष्ण कुवँरले सम्पर्क गर्दा २७ लाख रुपैयाँ लाग्छ भन्दै तत्काल २ लाख ७५ हजार रुपैयाँ चाहिन्छ भनि रकम माग गरेका थिए ।

विदेश जाने प्रलोभनमा माग गरेको रकम दिएकोमा काम नभएपछि पीडित कुँवरले महाशाखामा ठगी मुद्दामा जाहेरी दिएपश्चात प्रहरीले भट्टलाई पक्राउ गरेको हो ।

क्रिष्चियन धर्म मान्ने पोष्चर भट्टले काभ्रे महांकाल घर हुने ढुप्साङ्ग लामा, पर्सा सुर्वणपुर घर हुने पर्वत श्रेष्ठ, रामेछाप घर हुने भरत मगरसमेतलाई प्रतिव्यक्ति १२ लाख रुपैयाँ दिएमा चर्चमार्फत सजिलैसँग अमेरिका पठाइदिन्छु भनि ३ लाख ६० हजार रुपैयाँसमेत लिएको खुल्न आएको छ । भट्टलाई ठगी मुद्दामा कारवाहीकालागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।