४ कार्तिक २०८३, बुधबार

राजधानीका बालबालिकाको रगतमा सिसाको मात्रा देखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ragat-bloodकाठमाडौं, १५ साउन । तपाईँका बालबालिका पेट दुखेको गुनासो गरिरहन्छन् ? रिसाउने र एकान्त मन पराउनेजस्ता असमान्य आनीबानी देखाइरहन्छन् ? उनीहरुको उमेर अनुसार शारीरिक र मानसिक विकास भएको छैन ? यस्ता लक्षण बालबालिकामा देखिए स्वास्थ्यकर्मीको परामर्श तुरुन्त लिनुपर्छ ।

उनीहरुको रगतमा हानीकारक लिड सिसाको मात्र बढी हुन सक्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तयार पारेको प्रतिवेदन अनुसार उपपत्यकाका ३ जिल्लाका बालबालिकाको रगतमा लिडको मात्र अत्यधिक भेटिएको छ ।

परिषद्ले लिडजन्य सामग्री खेलौनाका कारण बालबालिकामा असर बढ्दै गएको परिकल्पनामा अनुसन्धान गरेको थियो ।

लिडले बच्चाको शारीरिक र तथा मानसिक विकासमा असर पुराउछ । लिडको मात्रा बढी भए बच्चाको पेट दुख्ने खान मन नलाग्ने मानसिक विकास रोकिने, कब्जियत तथा रक्तअल्पता हुने जस्ता समस्या देखिन्छन् ।