उदयपुर । उदयपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकाको भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।
चौदण्डीगढी नगरपालिका ४ बसाहा बर्षेडाँडाको भित्री सडक खण्डबाट मेन चोक तर्फ आउँदै गरेको बा ९२ प ०८९७ नम्बरको मोटरसाईकल र विपरित दिशा तर्फ जादै गरेको प्र १–०५–००२ प ०५८९ न.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा प्र १–०५–००२ प ०५८९ न. को मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका वडा नं. ४ थुलुङडाडा बस्ने बर्ष ५८ को भक्तराम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले जानकारी दिए ।
प्रहरी उपरीक्षक चापागाईंका अनुसार दुर्घटनामा परि शरीरको विभिन्न भागमा चोटपटक लागेको भक्तराम राईको तत्काल उपचारको लागि नगर अस्पताल बेल्टार पुर्याएको भएपनि अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटना भएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरीक्षकको कमाण्ड खटिएको टोलीले दुर्घटनामा परेको बा ९२ प ०८९७ न. को मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा बस्ने अन्दाजी बर्ष २६ को एमन मगर र दुईवटै मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया