धादिङ, १४ साउन । बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले पु¥याएको क्षतिपछि राहत र पुनःनिर्माणको काम भैरहेको अवस्था छ । भूकम्प गएको तीन महिना वितिसक्दा पनि अझै कतिपय ठाँउहरुमा प्रयाप्त राहत पुग्न सकेको छैन् ।
यसैबीच धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सेर्तुङ गाविस वार्ड नं. ८ स्थित खार्सा गाउँमा राहत वितरण गरिएको छ । खार्सा भूकम्प पीडित पुनःनिर्माण समूहद्धारा भूकम्प पीडितहरुलाई बर्खायाममा आवश्यकता पर्ने ३ लाख बराबरको राहत सामग्री वितरण गरिएको थियो । यस गाउँमा अहिलेसम्म यातायातको कुनै सुविधा छैन त्यसकारण हेलिकप्टरमा सामान ढुवानी गरिएको थियो ।
समाजसेवी प्रदिप कुमार तामाङले आफ्नो गाउँका भूकम्प पीडितलाई मल्हम लगाउन समूह नै बनाएर राहत संकलन गरेका थिए । समूहको संयोजक समेत रहेका तामाङले अझै पनि आफू राहत वितरण गर्न लागि पर्ने बताए । खार्सा लगायत सेर्तुङका विभिन्न गाँउमा भूकम्पले अन्न पुरेपछि अहिलेपनि उनीहरु राहत कै भरपर्नुपर्ने अवस्था रहेको छ ।

गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष एवं ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल(टान)का उपाअध्यक्षसमेत रहेका कुलबहादुर गुरुङको प्रमुख अतिथ्यमा भएको उक्त राहत वितरण कार्यक्रममा उनले भने, ‘हामी सबैलाई भूकम्पले पीडित बनाएको छ ।
राहतको काममा मात्र होइन पुनःनिर्माणको काममा पनि हामी सबै एक भएर अगाडी बढ्नुपर्छ । गुरुङले आफू कुनै राजनीति स्वार्थले नभई समाजिक सेवाको निमित्त र पिडित जनताहरुलाई पुनःनिर्माणमा प्रोत्साहन दिन र राहत सामग्री वितरण गर्न आएको स्पष्ट पारे । साथै उनले आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । गुरुङ विगतका दिनहरुमा पनि गाँउको विकास र सामाजिक कार्यमा अग्रसर हुँदै आएका छन् ।















प्रतिक्रिया