काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूका बहुमूल्य सामान र महत्वपूर्ण कागजात सुरक्षित राख्नका लागि उपलब्ध गराउँदै आएको लकर सेवामा १५ प्रतिशत विशेष छुट घोषणा गरेको छ। निश्चित अवधि लागि सार्वजनिक गरिएको यस योजनाअन्तर्गत ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा विशेष छुट पाउनेछन्।
मुलुकभरका १५० शाखाबाट विभिन्न आकारका लकर सेवा उपलब्ध गराउँदै आएको बैंकले यो सुविधाले ग्राहकलाई अझ सहज, सुरक्षित र सहुलियतपूर्ण सेवा उपयोगमा मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।
लकर सेवासम्बन्धी थप जानकारीका लागि बैंकले नजिकको शाखा वा ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न अनुरोध गरेको छ।















प्रतिक्रिया