– रबिना बोहरा
बागलुङ, १४ साउन । बाग्लुङमा अबिरल बर्षापछि गएको पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ ।
बुधबार रातिदेखिको वर्षासँगै पहिरो खस्दा रायडाँडा गाबिस वडा न. ९ आफ्रेका ८४ बर्षीय कलाधर थापाको ज्यान गएको हो । पहिरोमा पुरिएका थापाको शव स्थानीयबासीको सक्रियतामा निकालिएको स्थानीय सुमन गौतमले जानकारी दिए ।
पहिरोको कारण रायडाँडा गाबिसकै वडा न.८ का १४ घर उच्च जोखिमका परेको छन् । राति दुई बजे जंगलसहित खसेको पहिरोले घरहरु जोखिममा पारेको हो ।















प्रतिक्रिया