३० आश्विन २०८३, शुक्रबार

घरजग्गा राजस्व दोब्बर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Moneyकाठमाडौं, १४ साउन । गत आर्थिक वर्षमा घरजग्गा कारोबार उच्च भएको छ । कारोबारसँगै रजिस्ट्रेसन दस्तुर लक्ष्यभन्दा दोब्बर संकलन भएको छ ।

यो वर्ष ५ अर्ब ३८ करोड रुपैयाँ रजिस्ट्रेसन दस्तुर संकलन गर्ने लक्ष्य लिइएकोमा १० अर्ब २८ रुपैयाँ उठेको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ ।

वैशाख १२ को विनाशकारी भूकम्पले घरजग्गा कारोबारमा असर पुर्याएपनि समग्र वर्षको कारोबार उच्च छ । विभागका अनुसार अघिल्लो वर्षपनि घरजग्गा कारोबारमा सुधार आएको थियो । कारोबार दैनिकमा समाचार छ ।