८ कार्तिक २०८३, आइतबार

धारिलो हतियार प्रहार गरी हत्या गर्न खोज्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी (रुपन्देही), १४ साउन । यही साउन १० गते रुपन्देही मानमटेरिया–९ बस्ने ४५ वर्षीय वीरेन्द्र लोधलाई आफ्नो घरमा सुतिरहेको अवस्थामा राति धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते गराई फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला रुपन्देही मानमटेरिया–९ बस्ने रामवली लोध, राजेन्द्र लोध र वीरेन्द्र लोध रहेका छन् । तिनीहरुले लोधलाई धारिलो हतियार (खुर्पी)ले घाँटीमा हानी मार्न लाग्दाको अवस्थामा पीडितले हारगुहार गरेपछि अभियुक्तहरु फरार रहेका थिए ।

प्रहरीले घटनाको अनुसन्धानपछि फरार रहेका तीनैजनालाई प्रहरीले पहिचान तथा खोजी व्यापक पारेपछि सोही गाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेकालाई ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख राजेन्द्र ढकालले जानकारी दिनुभयो ।रासस