४ कार्तिक २०८३, बुधबार

क्यासिनोका नाममा करोडौं ठग्दै पूर्व राजाका ज्वाई राजबहादुर सिंह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raj-bahadurकाठमाडौं, १४ साउन । क्यासिनोमा अवैध लगानी र ‘मिटर व्याज’ को धन्दाबाट अर्बपती बनेका काभ्रेका बलराम सापकोटा उर्फ ‘बले’ लाई पूर्बराजा ज्ञानेन्द्र शाहका ज्वााई राजबहादुर सिंह र उनका भाई हरिशबहादुर सिंहले पााच करोड भन्दा बढी रकम ठगी गरेका छन् ।

क्यासिनोमा म्यारिज टेबुल सञ्चालन गर्न सिंहलाई दिएको पेस्की वापतको दुई करोड र तीन करोड सापटीसहित कुल पाँच करोड फिर्ता नहुने अबस्थामा पुगेपछि सापकोटा तनावमा परेको समाचार यूनाइटेड साप्ताहिकले छापेको छ ।

दुई साता अघि पूर्व राजाका ज्वाई सिंहले सञ्चालन गरेको दरबारमार्गस्थित याक एण्ड यति होटलमा सञ्चालीत क्यासिनो रोयल बन्द भएपछि सापकोटाको पााच करोड डुबेको हो ।

सर्वसाधरण व्यापारी र भारतीय जुवाडेलाई सापकोटाले बिभिन्न बहानामा क्यासिनोमा पुर्‍याएर लुट्दै आएका छन् । स्रोतका अनुसार दुई बर्ष अगाडि सापकोटाले भारतको दिल्लीबाट तास देखिने चस्मा ल्याई जुवाडेहरुलाई उल्लु बनाएर सय करोड ठगी गरेका थिए ।

त्यतिखेर ठगिनेमध्येमा मिटर व्याजका नाईके ललितपुर एकान्तकुनाका महेशबहादुर सिंहसमेत परेका थिए । चस्माको प्रयोग गरी आफूलाई जुवाबाट तीन करोठ ठगी गरेको सिंहले थाहा पाएपछि सापकोटालाई गाली गलौजसमेत गरेका थिए । गत ददैँमा राजबहादुर कै छाउनीस्थित घरमा जुवा खेल्दै गर्दा मिटर व्याजका नाईके सिंहले सापकोटालाई तथानाम गाली गर्दै लुटेको आरोप लगाएका थिए ।

सिंहले आरोप लगाईरहादा सापकोटा भने कुनै जवाफ नफर्काई चुप लागेर बसकेका थिए । एक दशक अघि क्याबिन रेष्टुरेन्ट हुदै डान्सबारका संञ्चालक बनेका सापकोटा यतिखेर रातारात करोडपनि बन्न पुगेका छन् । ठमेल ज्यााठास्थित जुगल डान्सबारमा २५ प्रतिशत शेयरका मालिक सापकोटाले रेष्टुरेन्टमा आउने मिट्ठु नामक मारवाडी व्यापारीलाई क्यासिनोको लतमा फसाएर घर न घाटको बनाई आफू भने करोडपती बन्न सफल भएका थिए ।

रेष्टुरेन्टमा धेरै पैसा खर्च गरेको देखेपछि सिमेन्टका डिलर मिट्ठुलाई नशाको सुरुमा क्यासिनो पुर्‍याई उनले करोडौं रुपैयाा असुल्न सफल भएका थिए । यो त भयो सापकोटाको शुरुको राम कहानी ।

यसरी सुरु भयो दलाली

वि.सं. २०६०/६१ साल तिर जुगल रेष्टुरेन्टका सञ्चालक रहेका सापकोटाले रेष्टुरेन्ट आउने भिआईपी ग्राहकलाई जुवामा पैसा जित्ने आशा देखाएर क्यासिनो रोयल पुर्‍याई क्यासिनोसाग कमिशन लिन थाले ।

जुवाडेले हारेको रुपैयाा बराबरको १० प्रतिशत रकम क्यासिनोले उपलब्ध गराउन थालेपछि सापकोटाको आयश्रोत बढ्न थाल्यो । सापकोटाले मिट्ठारामलाई जुगलमा बोलाउने, जुवा खेलाउने र नशाको सुरमा मिट्ठारामले दिनभर सिमेन्ट बिक्री गरी जम्मा गरेको पैसाको झोला बोग्दै रोयल क्यासिनो धाउने उनीहरुको दिनचर्या बन्न थालेको थियो ।

नशाको सुरुमा मिट्ठारामले १० लाख हारेपछि सबै पैसा हारिसकेको भन्दै सापकोटाले मिट्ठारामसाग भएको अन्य पैसा लुट्ने गर्दथे । र लुटेको पैसा पुन: सापकोटाले मिट्ठारामलाई व्याजमा लगाउन थाले ।

उनले एक जना दाइबाट पैसा व्जाजमा लिएको भन्दै मिट्ठारामबाटै ब्जाज असुल्न थाले । यो धन्दा उनले अरु जुवाडेहरुसाग पनि गरे र उनी रातारात करोडपति बन्न सफल भए ।

यस्तो छ अहिलेको जीवनी

शुरुमा क्याबिन रेष्टुरेन्टमा गाडको कामबाट गुजारा चलाउादै काठमाडौंमा बस्न थालेका सापकोटा अहिले अधिकांस समय राजधानीका पााचतारे होटलमा बिताउने गर्छन् । ठूला व्यापारीसाग उनले सय, दुई सय करोडका व्यापार गर्ने गफ दिन्छन् ।

उनी एक साता काठमाडौंमा भए अर्को साता दिल्ली त कहिले बंगलादेश पुग्छन् । यहि बर्ष उनले बंगलादेशको राजधानी ढाकामासमेत क्यासिनो खोलेका छन् । उक्त क्यासिनो उनका भाई मिलन सापकोटाले हेर्दै आएका छन् ।

अकुत सम्पत्ति थुपारेको आरोपमा सापकोटामाथि नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान व्यूरो (सिआईबी) ले छानबिनको पक्रिया अगाडि बढाएपनि टुङ्ग्याउन भने सकेको छैन् । तत्कालिन सिआईबीका डिआईजी राजेन्द्रसिंह भण्डारीले गुण्डाको अकुत सम्पत्ति छानबिनको थालनी गरेका थिए ।

अनुसन्धान पुरा भएका पााच डनका मुद्दा अदालतमा पुर्‍याएपनि थपको भने सिआईवीले दर्ता गर्न सकेको छैन् । स्रोतका अनुसार डिआईजी भण्डारीको सरुवा भएपछि अन्य गुण्डा र दलालले दशैं मनाएका थिए ।

पछिल्लो समय सिआईबीमा आउने प्रमुखले गुण्डाका फाईललाई अगाडि बडाउन सकेका छैन् । सापकोटा लगायतका एक दर्जन गुण्डा र दलालको बयान लिने काम सम्पन्न भएपनि राजनीतिक दबाबका कारण प्रहरीले थप अनुसन्धान गर्न सकेको छैन् । सापकोटा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

यसरी बन्द भयो क्यासिनो

राजधानीको मुटु दरबारमार्गको याक एण्ड यति होटलमा सञ्चालित क्यासिनो रोयल बन्द भएको छ । होटलले सम्झौंता अनुसारको भाडा चुक्ता नगरेको दाबी गर्दै सम्झौता खारेज गरी क्यासिनो बन्द गराउन गत साता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो ।

क्यासिनोले बिगत ६ बर्ष देखी अहिले सम्मको गरी भाडा वापतको ३२ करोड रुपैयाा नतिरेको होटलको दाबी छ । होटलको तर्फबाट प्रशासन कार्यालय पुगेका दिनेश मोक्तानलाई सिंहले गुण्डा प्रयोग गरी प्रशासन कार्यालय परिसरमै गाली गलौजका साथै कुटपीट गरेका थिए ।

त्यसपछि जिल्ला प्रशासन कार्यलयका प्रमुख एकनारायण अर्यालले तत्काल क्यासिनो बन्द गर्न आदेश दिएका थिए ।

क्यासिनो बिक्री गर्ने भन्दै सिंह दाजुभाईले एक बर्षको अबधिमा आधा दर्जन समूहसाग पैसा असुलेको उजागर हुन थालेको छ । पछिल्लो समय सिंह दाजुभाईले भारतीय मुलका व्यापारी आषिश पटेलसाग क्यासिनो बेच्ने नाममा १० करोड असुलेको कुरा यतिखेर खुलेको छ ।

दुई महिना अघि मात्र सिंह दाजुभाईले २० करोड रुपैयाा क्यासिनोको मूल्य राखी पटेलसाग १० करोड असुल्न सफल भएका थिए । पटेलको सोझोपनको फाईदा उठाउादै सिंह दाजुभाईले दुई साता देखि गुण्डा परिचालन गरी पटेललाई क्यासिनो समेत छिर्न नदिएको क्यासिनोका कर्मचारी बताउाछन् ।

सिंह दाजुभाईले क्यासिनो सञ्चालन गर्ने नाममा ठगी धन्दा सुरु गरेको कुरा होटल मालिक सर्राफले थाहा पाएपछि उनले पटेललाई समर्थन गर्दै क्यासिनो सदाको लागि बन्द गराउने निर्णय गरेका हुन् ।

होटलको निबेदन माथि प्रशासन कार्यालयले सुनवाई गर्दै कानून सम्मत रुपमा सम्झौंता खारेज गरेपछि दुई साता अघि क्यासिनोको होडिङ बोर्ड हटाइएको छ । क्यासिनो बन्दसागै सयौं मजदुरको करोडौं रुपैयाा पारिश्रमिक गुमेको छ भने उनीहरु बेरोजगार बन्न पुगेका छन् ।

उता सिंह दाजुभाईले भने पूर्ब राजाको ज्वााई हुा भन्दै क्यासिनो बिक्री गर्ने नाममा असुलेको रकमको हिसाब किताब नगरी उल्टै व्यापारीलाइ थर्काउन थालेका छन् ।

सिंह दाजुभाईले पटेललाई बिक्री गर्नु अघि एक एक चिनीयाा समूह र भारतिय मुलका जितु भाईसाग गरी तिन तिन करोड असुलेको स्रोतको दाबी छ ।