४ कार्तिक २०८३, बुधबार

२० करोडको महल चार करोडमै हात पारे सिटिजन्सका सिइओ भण्डारीले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudhir Basnet 03काठमाडौं, १४ साउन । घरजग्गा एवं हाउजिङ व्यवसायी सुधीर बस्नेतका करोडौं मूल्य पर्ने महल र जग्गा कौडीको भाउमा एक एकगरी बैंकले कब्जा गर्न थालेको छ ।

बस्नेतको बानेश्वर शान्तिनगरस्थित प्रिन्स्टन कलेज रहेको भवन सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र मनोजकुमार झाको समूहले कब्जा गरी नियन्त्रणमा लिएपछि यो रहस्य बाहिर आएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

प्रिन्स्टन कलेज रहेको आफ्नो भवन धितो राखेर व्यवसायी सुधीर बस्नेतले सिटिजन्स बैंकबाट चार करोड ऋण लिएका थिए । उक्त भवनको अहिलेको बजार मूल्य झण्डै २० करोड रुपैयाा पर्ने बस्नेतका बाबु सुशील बस्नेतले यूनाइटेड पोष्टसाग बताए ।

२० करोडको हाराहारीमा पर्ने उक्त जग्गा सिटिजन्स बैंकका सीईओ भण्डारी र झाको समूहले नियम विपरित चार करोडमै हडपेर आफ्नो बनाएपछि बस्नेतबाट पीडितहरु झन मारमा परेका छन् ।

उक्त भवन सीईओ भण्डारीकै सहमतिमा कलेजका जनरल सेक्रेटरी रहेका श्रवण झा, मनोज कुमार झा, प्रा.डा लोकनारायण झा, सतिश झालगायतका व्यक्तिहरुको मिलेमतोमा बैंकले चार करोडमै आफ्नो कब्जामा ल्याउन सफल भएको छ ।

स्रोतका अनुसार यो खेलमा भण्डारीले पााच करोड हात पारेका छन् । उक्त भवन कब्जा गरेर उनीहरुले प्रिन्स्टन इन्टरनेशनल उच्च माध्यमिक विद्यालय सञ्चालन गर्दै आएका थिए ।

बस्नेतको आर्थिक अवस्था खस्कदै गएपछि उनी फरार भए भने उनका भाइ सुदीप बस्नेतको नाममा रहेको उक्त भवनमा केही वर्ष पहिले अग्नि एयरको कार्यालय समेत थियो ।

पछि अग्नि एयर पनि डुबेपछि उक्त भवन खाली भई कलेज सञ्चालन गर्ने गरी श्रवणकुमार झाको समूहले सुदीपसाग सम्झौता गरेर उक्त भवन भाडामा लिएका थिए । तर उनीहरुले अहिलेसम्म भाडा समेत नतिरेको र उल्टै प्रशासन लगाई फसाउन मात्र खोजेको बस्नेतका बाबु सुशील बस्नेत बताउाछन् ।

आफ्नो घर खाली गर भनेर अनुरोध गर्दा उल्टै गुण्डागर्दी गर्‍यो भनेर पीडितलाई नै थप पीडामा पार्ने काम भएको छ । भवन धितो रहेको सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले उक्त भवन कौडीको भाउमा लिलाम गराएर कब्जा गरी एकातिर कानुनको खिल्ली उडाएका छन् भने अर्कोतर्फ बस्नेतका पीडितहरु थप मारमा परेका छन् ।

उक्त भवनसहित बस्नेत परिवारको नाममा रहेका चल अचल सम्पत्तिहरु राष्ट्रबैंकले रोक्का गर्न सम्बन्धित निकायमा निर्देशन दिइसकेको छ भने अदालतमा पनि मुद्दा चलिरहेको छ ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बस्नेतका नाममा रहेका सम्पत्ति विक्री नगर्न सर्कुलर समेत जारी गरिसकेको छ । ‘यति हुादा समेत भण्डारीले कौडीको भाउमा उक्त भवन कुन कानुनमा टेकेर कब्जा गरेका हुन् ?’ बस्नेत पिता प्रश्न गर्छन् । उनी थप्छन्–‘आफू न्याय खोज्न अब कहाा जाने ?’