काठमाडौं, १३ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगर्तको पहिलो खेलमा २३६ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङ गरिरहेको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।
यसअघि अर्धशतक पुरा गरेका ओपनर अनिल मण्डलसँग क्रिजमा खेलिरहेका पारसले ३१औं ओभरको खेलमा अर्धशतक पुरा गरेका हुन् । उनले ४९ रन हुँदा चौका हानेर ५३ रन बनाई अर्धशतक पुरा गरे । उनले ४७ बलमा ३ चौका १ छक्कासहित ५३ रन जोडेका हुन् ।
यसअघि ओपनिङमा आएका अनिल मण्डलले ६८ बलको खेलमा ५ चौका र १ छक्काको मद्दतमा ६६ रन जोडेर अर्धशतक पुरा गरेका थिए ।
३१औं ओभरको समाप्तीमा नेपालले २ विकेट गुमाएर १७६ रन जोडेको छ ।















प्रतिक्रिया