३० आश्विन २०८३, शुक्रबार

ओपनर अनिल मण्डलको अर्धशतक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anil-mandalकाठमाडौं, १३ साउन । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगर्तको पहिलो खेलमा २३६ रनको विजयी लक्ष्यसहित जवाफी व्याटिङ गरिरहेको नेपालका लागि ओपनर अनिल मण्डलले अर्धशतक पूरा गरेका छन् ।

महेश क्षेत्रीसँगै ओपनिङमा आएका मण्डलले ६८ बलको खेलमा ५ चौका र १ छक्काको मद्दतमा ६६ रन जोडेका छन् । नेपाली खेलाडी अर्धशतकै हान्न नसकिरहेका बेला उनले त्यो आँकडा पार गरेका हुन् । ओपनर क्षेत्री भने मात्र २१ रनमा आउट भए ।

२७औं ओभरको समाप्तीमा नेपालले २ विकेट गुमाएर १३५ रन जोडेको छ । अब नेपाललाई जितका लागि १०१ रन आवश्यक छ ।