हेटौँडा, १३ साउन । आज साँझ परेको वर्षापछि आएको पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।
राजमार्गको हेटौँडा–भैंसे खण्डको बाघझोडामा आएको पहिरोले साँझ ७ः३० बजेदेखि राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
मौसम अनुकूल भए अस्थायी बाटो निर्माण गरी यातायात सञ्चालन गर्न त्यसतर्फ प्राविधिक पठाइसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया