८ कार्तिक २०८३, आइतबार

जग्गा विवादमा छोरीको हत्या प्रयास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, १३ साउन । जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्नेलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको छ ।

बाराको सिंहना गाविस–६ मा आज भएको जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्ने राजेश्वर यादव पक्राउ परेका हुन् । अभियुक्त यादवले आफ्नै छिमेकी शङ्कर यादवसँग भएको जग्गा विवादको झोकमा सात वर्षीया छोरी सोनीकुमारलाई कुटपिट गरी घाँटी थिचिरहेको अवस्थामा गाउँलेले देखेपछि उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।

प्रहरीका अनुसार अभियुक्त राजेश्वरले छोरीको हत्या आफैँले गर्ने र झगडिया शङ्करलाई आरोप लगाउने मनसायले छोरीको हत्या गर्न खोजेको हो । घाइते बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ । रासस