सुर्खेत, ८ मंसिर । सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत फेला परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–९, मा पर्ने जंगलमा झुण्डिएको अवस्थामा दुईजनाको शव भेटिएको हो । घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरूको सनाखत समेत हुन सकेको छैन ।
उनीहरूको उमेर अन्दाजी २१ र २० वर्ष भएको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया