८ कार्तिक २०८३, आइतबार

भोलेन्टियर फोर्सको चेतावनी– परिस्थितिजन्य प्रतिरोधको जिम्मा सरकारले लिनुपर्छ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) ले हालै गठन गरेको नेशनल भोलेन्टियर्स फोर्सले एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा भएको बेलुन प्रहारप्रति कडा आपत्ति जनाएको छ।

प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले विज्ञप्ति जारी गर्दै यो घटना योजनाबद्ध उक्साहट र जेन जी आन्दोलनलाई बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।

फोर्सले जेनजी अगुवा सुदन गुरुङ र सम्राट उपाध्यायलाई कारबाही गर्न माग पनि गरेको छ ।

सरकारले घटनाको सवेदनशीलतालाई नबुझ्ने र अपराधीलाई उन्मुक्ति दिने हो भने परिस्थितिजन्य प्रतिरोधको जिम्मेवारी सरकारले नै लिनु पर्ने चेतावनी दिएको हो ।