८ कार्तिक २०८३, आइतबार

रास्वपा काठमाडौं जिल्ला सभापति विष्टले पनि दिए राजीनामा

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पनि राजीनामा दिएका छन् ।

पार्टी भित्र चर्किँदै गएको असन्तुष्टि बीच विष्टले बागमती प्रदेश समितिमा राजीनामा बुझाएका हुन्। उनले सभापति पद मात्र छोडेको, तर पार्टी नछाडेको स्पष्ट पारेका छन्।

विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाबाट काठमाडौं–१० का उम्मेदवारसमेत बनेका थिए।

जेनजी आन्दोलनपछि पूर्वमन्त्री सुमना श्रेष्ठले राजीनामा दिएपछि डा. प्रभात अधिकारी, हरि भट्ट, सन्तोष परियारलगायतका नेताहरूले पनि क्रमशः छाडिसकेका छन् ।