८ कार्तिक २०८३, आइतबार

रक्सी पिएर आफ्नै साथीको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, १३ साउन । नवलपरासीको गैडाकोट–१५ अमरापुरीमा आज रक्सी सेवन गरेका एक व्यक्तिले ढुङ्गा प्रहार गर्दा एकजनाको मृत्यु हुन पुग्यो ।

गैडाकोट–१५ अमरापुरीका ३५ वर्षीय गोविन्द पौडेललाई मकवानपुर हाँडीखोला–७ डोलबारीका ४५ वर्षीय सीताराम विकले टाउकामा ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । विकलाई इलाका प्रहरी कार्यालय रजहरले नियन्त्रणमा लिएको छ ।

विक चार÷पाँच महिनादेखि मजदुरीको सिलसिलामा यहाँ बस्दै आएका थिए ।

त्यस्तै, नवलपरासीको देवचुली नगरपालिका–६ कीर्तिपुरमा आज एकजनाको शव भेटिएको छ । मृतक देवचुली–१ केउरानीका ६० वर्षीय डण्डमणि भण्डारी भएको बताइएको छ । रासस