८ कार्तिक २०८३, आइतबार

लोकमानको फोटो खिचेपछि पत्रकारमाथि प्रहरीको कुटपिट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fnjकाठमाडौँ, १३ साउन । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा पत्रकार सन्दिप योगीमाथि प्रहरीले हातपात गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका सचिव ध्रुव लम्सालले आज एक विज्ञप्ति जारी गरी इमेज एफएममा सम्बद्ध पत्रकार योगीले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको सवारी जामको तस्बिर खिच्दै गर्दा अख्तियार प्रमुखका सुरक्षाकर्मीले उनीमाथि हातपात गर्नुका साथै डिएसएलआर ६० डी क्यामेराको लेन्स तोडफोड गरेको उल्लेख गरिएको छ ।

कुनै पनि वहानामा पत्रकार र सञ्चार माध्यममाथि आक्रमण हुनु आफैंमा निन्दनीय र खेदजनक कार्य भएको उल्लेख गर्दै महासङ्घले सञ्चारमाध्यमको निर्वाध आवागमनमा अवरोध पु¥याउने यस्ता घटनाले पत्रकारको पेसागत तथा भौतिक सुरक्षा थप चुनौतीपूर्ण हुने ठहर गरेको छ ।

महासङ्घले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही र पत्रकारको भौतिक तथा पेसागत सुरक्षाप्रति गम्भीर हुन सरकार र सम्बद्ध निकायको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । रासस