गौशाला, १३ साउन । महोत्तरीको जलेश्वरस्थित मणिपाल कलेज हाताबाट आज पेस्तोल र दुई थान गोलीसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डाम्हीमडै गाविस–२ का रामअनेक झा रहेको महोत्तरीका प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी दिनुभयो । उसको साथबाट २०० ग्राम लागुऔषध गाँजासमेत बरामद गरिएको बताइएको छ ।
विशेष सुराकीको आधारमा मध्य क्षेत्रीय प्रहरी अनुसन्धान कार्यालय हेटाँैडाबाट गएको टोलीले झालाई पेस्तोलसहित पक्राउ गरेको हो । रासस















प्रतिक्रिया