मेलम्ची, १३ साउन । सिन्धुपाल्चोकको भोटेचौरस्थित प्रहरी चौकीको अस्थायी टहरो निर्माण गर्ने क्रममा भेटिएको तीनवटा सकेट बम नेपाली सेनाले आज निस्क्रिय बनाएको छ ।
भूकम्पपछि क्षतिग्रस्त भएको प्रहरी चौकीको पुनःनिर्माण गर्न जग खन्ने क्रममा मङ्गलबार तीनवटा सकेटबम फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले जानकारी दिनुभयो ।
बम फेला परेको जानकारी पाएपछि भीमकाली गुल्म मेलम्चीबाट खटिएको एक टोलीले बम सुरक्षितसाथ निस्क्रिय बनाएको हो । द्वन्द्वकालमा चौकीको आन्तरिक सुरक्षाका लागि सकेट बम राखिएको हुनसक्ने अनुमान गरिएको छ । रासस















प्रतिक्रिया