८ कार्तिक २०८३, आइतबार

बलात्कारका दोषी छ वर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorबनेपा, १३ साउन । जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक व्यक्तिलाई छ वर्षपछि प्रहरीले पाँचखालबाट पक्राउ गरेको छ ।

जिल्लाको जैसीथोक गाविस–७ निवासी कामीसिंह तामाङलाई २०६७ चैत १४ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकले जबर्जस्ती करणीको मुद्दामा दोषी देखिएको भन्दै सात वर्ष कैदको फैसला गरेको थियो ।

लामो समयदेखि फरार रहेका तामाङलाई सुराकीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पेस गरिएकामा अदालतको आदेश बमोजिम तामाङलाई आजै कारागार चलान गरिएको छ । रासस