काठमाडौं, १३ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको पहिलो खेलमा अहिले नेपाल स्कटल्यान्डसँग उसकै गृह मैदानमा खेल्दैछ ।
खेल नेपाली समयानुसार अपराह्न ३.३० बजेपछि स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐरमा हुनेछ । आजको खेलमा नेपालको ओपनिङमा महेश क्षेत्री र अनिल मण्डल रहेका छन् ।
स्कटल्याण्डसँगको खेलमा नेपालबाट कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, पृथु बाँस्कोटा, महेश क्षेत्री, सोमपाल कामी, अविनाश कर्ण, करण केसी, सिद्धान्त लोहनी, राजेश पुलामी मगर, अनिल कुमार मण्डल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकरले खेल्दैछन् ।















प्रतिक्रिया