३० आश्विन २०८३, शुक्रबार

विश्व क्रिकेट लिग च्याम्पियनसिप : युवा खेलाडी सिद्धान्त लोहनीको वास्तविक परीक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siddant-lohani-1काठमाडौँ, १३ साउन । भर्खरै आयरल्यान्डमा टि–ट्वन्टी छनोटमा गरेको खराब प्रदर्शन बिर्सदै आज नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको पहिलो खेलमा स्कटल्यान्डसँग उसकै गृह मैदानमा खेल्दैछ ।

खेल नेपाली समयानुसार अपराह्न ३.३० बजेपछि स्कटल्यान्डको घरेलु मैदान क्याम्बुस्डुन न्यु ग्राउण्ड ऐरमा हुनेछ । सम्भवतः आज टि–ट्वन्टी छनोटको अन्तिम खेलमा गतिलो प्रदर्शन गरेका युवा खेलाडी सिद्धान्त लोहनीको वास्तविक परीक्षाको घडी आएको छ । उनी सम्भवतः सुरुवात टोलीमा पर्नेछ ।

नेदरल्याण्ड र आयरल्यान्डमा खराब प्रदर्शन गर्दै लय गुमाएका सुवास खकुरेल र विनोद भण्डारी घर फर्किसकेका छन् । सम्भवतः नेपालको ओपनिङमा महेश क्षेत्री र अनिल मण्डल हुनेछन् ।

चोटका कारण अलराउन्डर सागर पुन घर फर्किए भने मध्यगतिका बलर जितेन्द्र मुखिया पनि टोलीमा परेनन् । त्यस्तै स्कटल्यान्डको टोलीमा भने विश्वकप छनोट खेलेका रोब टेलरसहितका छ खेलाडीलाई आराम दिइएको छ ।

नेपालले एक दिवसीयमा स्कटल्यान्डसँग एउटा खेल खेलेको छ । न्यूजील्यान्डमा भएको विश्वकपको छनोटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो । पछिल्लो टि–ट्वन्टी विश्वकप छनोटमा क्रिकेटमा नेपाल तेह्राँै भएको थियो भने स्कटल्यान्ड नेदरल्यान्डसँग संयुक्त रुपमा विजेता बनेको थियो ।

डिभिजन टुमा गरेको प्रदर्शनका आधारमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीप खेल्ने मौका पाएको हो । आठ देश सहभागी च्याम्पियनसीप सन् २०१९ को इङग्ल्यान्ड र वेल्समा हुने विश्वकपका लागि छनोटको आधार पनि हो । जसबाट छ टोली दोस्रो चरणमा पुग्नेछन् ।

सम्भावित नेपाली टोली कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, महेश क्षेत्री (विकेटकिपर), अनिल मण्डल, शरद भेषवाकर, पृथु बाँस्कोटा÷राजेश पुलामी मगर, सिद्धान्त लोहनी÷प्रदीप ऐरी, सोमपाल कामी, अभिनाश कर्ण रहेका छन् । रासस