मुम्बई । पछिल्लो समय फिल्मी बजारमा गुणस्तरीय चलचित्र निर्माण भएसँगै कमाई पनि बढ्दै गइरहेको छ ।
विशेषगरी भारतीय फिल्म बजार बलिउडलाई सबैभन्दा बढी कमाउने बजार मानिन्छ । विश्वमा हलिउडपछि सबैभन्दा बढी कमाउने बलिउड फिल्म नै रहेको तथ्याङ्कले देखाउँछ । हाल बलिउडमा कमाईको रेकर्ड पनि नयाँ फिल्मसँगै नयाँ-नयाँ आउने गरेका छन् ।
समाचार एजेन्सीले पछिल्लो कमाई मामिलामा टप-१० फिल्मको बारेमा समिक्षा गरेका छन् ।
यस्ता छन् बलिउडमा सबैभन्दा बढी कमाउने दश फिल्महरु :
१) पीके : बलिउडमा ‘पर्फेक्टनिष्ट’को उपाधि पाएका आमिर खानको सुपरहिट फिल्म ‘पीके’ले विश्वभर ७३५ करोड रुपैयाँ कमाएको थियो । ‘पीके’ले घरेलू बक्स अफिसमा ४८९ करोड कमाएको थियो भने, विदेशमा २४६ करोड कमाएको थियो । ७३५ करोड कमाएको पीके अहिले पनि बलिउड बढी कमाउने फिल्मको पहिलो नम्बरमा छ ।
२) धुम थ्री : सबैभन्दा बढी व्यापार गर्ने बलिउड फिल्मको. दोस्रो नम्बरमा पनि आमिर खानकै सुपरहिट फिल्म धूम–३ रहेको छ । कटरिना कैफको समेत अभिनय रहेको फिल्मले कुल ५४२ करोड रुपैयाँ कमाएको थियो । घरेलु बजारमा फिल्मले ३७२ करोड कमाएको थियो भने, विदेशमा १७० करोड़ कमायो ।
३) चेन्नई एक्सप्रेस : सबैभन्दा बढी कमाउने बलिउड फिल्मको तेस्रो नम्बरमा शाहरुख खानको चेन्नई एक्सप्रेस रहेको छ । शाहरुख र दीपिकाले अभिनय गरेको हिट फिल्म चेन्नई एक्सप्रेसले विश्वभरी ४२२ करोड़ रुपैयाँ कमाएको थियो । फिल्मले घरेलु बजारमा ३०१ करोडको करोबार गरेको थियो भने, विदेशमा १२१ करोड़ रुपैयाँ कमायो ।
४) थ्री इडियट्स : चौथो नम्बरमा आमिर खानकै फिल्म थ्री इडियट्स रहेको छ । फिल्मले कुल ३९५ करोडको कारोवार गरेको थियो । घरेलु बजारमा थ्री इडियट्सले २६९ करोड़ र विदेशमा १२६ करोड कमाएको थियो ।
५) हैप्पी न्यू ईयरः पाँचौं नम्बरमा शाहरुखकै हिट फिल्म हैप्पी न्यू ईयर रहेको छ । शाहरुख र दीपिकाले भिनय गरेको फिल्मले विश्वभर ३८३ करोड कमाएको थियो । फिल्मले घरेलु बजारमा २९३ करोड़ र वाह्य बजारमा ९० करोडको कारोबार गरेको थियो ।
६) किक : छैठौं नम्बरमा अभिनेता सलमान खानको सुपरहिट फिल्म किक रहेको छ । किकले विश्वभरी ३७७ करोड कमाएको थियो ।
७) क्रिस थ्रीः सातौं नम्बरमा ऋतिक रोशनको फिल्म क्रिश थ्री रहेको छ । राकेश रौशनका छोरा र बलिवुडका सुपरहिरो रितिकले अभिनय गरेको क्रिस थ्रीले जम्मा ३७४ करोड़ कमायो ।
८) बजरंगी भाईजान : आठौं नम्बरमा सलमान खानको फिल्म बजरंगी भाईजान रहेको छ । फिल्मले ३५० करोड भन्दा बढीको कारोवार गरेको छ । फिल्मले घरेलु बजारमा करिब २४१ करोड रुपैयाँ कमाएको छ । बाह्य बजारबाट ११० करोड़ कमाइसकेको छ ।
९) बैंग-बैंग : नवौं नम्बरमा ऋतिककै बैंग-बैंग फिल्म रहेको छ । ऋतिक र कटरिनाले अभिनय गरेको फिल्म बैंग–बैंगले कुल ३४० करोड़ कमायो ।
१०) एक था टाईगर : दशौं नम्बरमा सलमान खानको फिल्म एक था टाईगर रहेको छ । अगस्त २०१२ रिलिज भएको सलमानको फिल्मले बक्स अफिसमा जम्मा ३२० करोड रुपैयाँ कमाएको थियो । एजेन्सी
















प्रतिक्रिया