काठमाडौं, १३ साउन । कुनै बेला अखिलका नेताहरुको यतिधेरै हाइहाई हुन्थ्यो की उनीहरुले लिएको अडान र सुझावलाई एमालेका नेताहरुलेसमेत गम्भीरतापूर्वक लिन्थे । तर, पछिल्लो समय वैचारिक हिसाबले प्रतिस्पर्धा गर्नेभन्दा पनि लाठीमुंग्रीमा अखिलका नेताहरु भर पर्न थालेका छन् ।
आफ्नै संगठनभित्र नै कुटपिट र मारीमुंग्री गर्नु नै अहिले अखिलको परिचय बन्छ की भन्ने चिन्ता अग्रजहरुमा छ । गत असार ३१ गते पोखरामा त्यसतै भयो । सो दिन पोखराको पृथ्वीनारायण क्याम्पसमा कास्की जिल्ला कमिटीले जिल्ला कमिटीका पूर्व नेताहरु र एसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरुको सम्मानमा कार्यक्रम राखेको थियो ।
कार्यक्रम अवधिभर कुनै घटना भएन । जब कार्यक्रम सिध्धियो, अखिलका गण्डकी अञ्चल इन्चार्ज एवं केन्द्रीय सचिवालय सदस्य हिरेन्द्र शाहीले केन्द्रीय सदस्य तथा गण्डकीको सहइन्चार्ज एवं केन्द्रीय नरेश रोकायासँग अञ्चल कमिटीको बैठक राख्नुपर्यो भन्ने पाएकै थिएनन्, रोकायाले एक्कासी ‘किन राख्नुपर्यो बैठक ?’ भन्दै जवाफ फर्काए ।
त्यही विषयले केहीबेर भनाभन हुँदै थियो, रोकायाले शाहीमाथि हात छोडिहाले । रोकायाले शाहीमाथि कुटपिट गरेको र तथानाम गालीगलौज गरेको ३०–४० जनाले रमाइलो मानेर तमासा हेरेका थिए । शाहीलाई कुटपिट गरेर अनुशासन उलङघन गरेको ठहर गर्दै अनुशासन आयोगले रोकायालाई चार महिनाको लागि निलम्बन गरेको छ । बुधबार साप्ताहिकमा खबर छ ।















प्रतिक्रिया