४ कार्तिक २०८३, बुधबार

जिल्लाबाट ल्याएका सुझाबका पोका खोल्दै खोलिएन, हेर्दै नहेरी प्रतिवेदन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CA Sambidhan Biccकाठमाडौं, १३ साउन जनताले नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि दिएका सुझाबका सयौँ पोका सिंहदरबारको एउटा कोठामा थन्क्याइएका छन् ।

जिल्लाबाट ल्याएका सुझाबका पोका सिंहदरबार पुर्‍याएपछि सभासद्हरूले खोलेर समेत हेरेनन् ।

सर्वसाधारणबाट आएका झन्डै दुई लाख सुझाबलाई नागरिक सम्बन्ध तथा संविधान सुझाब समितिले अनुमानका भरमा ५१ पेजमा समेटेको समाचार नयाँ पत्रिकाले छापेको छ ।

सुझाब अध्ययन नै नगरी समितिका तर्फबाट सभापति प्रमिला राणाले मंगलबार सुझाबको प्रतिवेदन संविधानसभामा पेस गरिन् ।

७५ जिल्ला र विदेशमा रहेका नेपालीबाट संकलन गरिएका सुझाबका पोका संसद् भवनको ४११ नम्बर कोठामा थन्क्याइएका छन् ।

प्रतिवेदनप्रति समितिकै सदस्य र अन्य सभासद्हरूले असन्तुष्टी जनाएका छन् ।

आफुहरूले जिल्ला–जिल्ला पुगेर संकलन गरेका सुझावहरू प्रतिवेदनमा नसमेटिएको उनीहरूको आरोप छ ।

समिति सभापति राणा आफैले पनि जनताबाट आएका सुझावका पोका फुकाएर हेर्न नभ्याएको बताइन ।

‘जिल्लाबाट सभासद्ले दिएका टिपोर्टका आधारमा प्रतिवेदन बनाएको हो, सुझावका पोका खोलेर प्रतिवेदन बनाएको भए त दुई बर्षमा पनि भ्याईदैनथ्यो’, उनले नयाँ पत्रिकासँग भनिन् ।

सभासद्हरूले भनेका आधारमा जनताका सुझाव समावेश गरिएको उनको दाबी छ ।