कैलाली, २७ कार्तिक । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले वर्तमान नेतृत्वलाई नै आगामी महाधिवेशनबाट पनि अध्यक्ष बनाउने बताएका छन् ।
आज कैलाली जिल्ला कमिटीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी महाधिवेशनबाट पनि केपी ओली नै सर्वसम्मत अध्यक्ष बन्ने बताएका हुन् ।
सर्वसम्मतको अन्तिम प्रयास रहन्छ भएन भने स्वच्छ प्रतिस्पर्धामा हुने उनको भनाइ छ ।
‘आगामी महाधिवेशनबाट वर्तमान नेतृत्वलाई सर्वसम्मत अध्यक्ष बनाउने हो, सर्वसम्मतको अन्तिम प्रयास रहन्छ भएन भने स्वच्छ प्रतिस्पर्धामा हुन्छ’ उनले भने ।
मुलुक अहिले असंवैधानिक ढङ्गले अघि बढिरहेको बताउँदै उनले अहिलेको अवस्थामा निर्वाचन सम्भव नभएको दावी गरे ।








प्रतिक्रिया