काठमाडौं, १२ साउन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती ऐनमा चौथो संशोधन गरी संसद पारित गराएपछि डिभी ग्रिनकार्ड र पिआरधारी कर्मचारीले राजीनामा दिने क्रम बढको छ ।
राजीनामा दिनेमा राज्यका उच्च ओहदामा बसेका अधिकारी पनि छन् । यसैबीच सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा कुँवरले पनि पदबाट राजीनामा दिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई उनले सोमबार राजीनामा बुझाएका हुन् ।
अमेरिकाको डिभी पीआर रहेको डिआइजी कुँवरले सशोधित निजामती ऐनअनुसार पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा दिएर अमेरिकालाई रोजेका हुन् । साउन मसान्तभित्र डिभी पिआर लिएको भए जानकारी गराउन सशस्त्र प्रहरीले संगठनका सबै अधिकारीलाई उर्दी जारी गरेपछि उनले ‘कि डिभी पीआर छाड्न कि जागिर छाड्ने’ संगठन नयाँ नियमावली अनुसार डिआइजी कुँवरले जागिर छाडेका हुन् ।
प्रहरी निरीक्षकको पदबाट २०४९ साल नेपाल प्रहरीमा जागिरे भएर आएका कुँवर सशस्त्र द्धन्द्धकालमा सशस्त्र प्रहरी बल गठन भएपछि डिएसपी भएर सशस्त्रको जागिर सुरु गरेका थिए । त्यसपछि उनी डीएसपी, एसपी, एसएसपी हुँदै भर्खरै डिआईजी पदमा पुगेका थिए ।















प्रतिक्रिया