८ कार्तिक २०८३, आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, जहाज आकाशमै होल्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hold-aircraft-KTM-Airport

काठमाडौं, १२ साउन । नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फेरि अवरुद्ध भएको छ ।

टर्किस विमान दुर्घटना हुँदा तीन दिनसम्म बन्द रहेको विमानस्थल त्यसको चार महिनापछि मंगलबार पनि बन्द भएको हो । विमानस्थलको रन वे मर्मतका लागि मंगलबार एक घन्टा भन्दा बढी समय विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द हुँदा देश विदेशबाट उडान भरेर आएका दुई दर्जन जहाज आकाशमै होल्ड बसेका छन् ।

रन वेको कालोपत्रे भत्किएर जहाज बस्न नसक्ने भएपछि एक्कसी विमानस्थल बन्द भएको थियो । विमानस्थल अधिकारीका अनुसार दिउँसो दुई बजेदेखि तीन बजेसम्म उडान तथा अवतरण रोकेर रन वेको मर्मत गरिएको थियो ।

मर्मतको काम सकिएपछि बल्ल विमानस्थल सुचारु भएको थियो । अवतरणको क्रममा रहेका अन्तराष्ट्रिय उडानका जेट एयरलाइन्स, एयर अरबिया, कतार एयर, एयर इन्डिया र चाइना इस्टर्नलगायतका जहाजहरु दुई बजेदेखि आकाशमै घुमिरहेका थिए ।