१६ असार २०८३, मंगलबार

घनश्याम समूहले पनि ‘एकीकृत समाजवादी’ छोड्दै, नयाँ दल दर्ताका लागि निवेदन

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का पूर्वमहासचिव घनश्याम भुसाल समूहले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ।

नयाँ दलको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र)’ राखिएको छ भने चुनाव चिन्ह सूर्यमुखी फूल प्रस्ताव गरिएको हो।

दलका संयोजक राजकुमार कक्षपती (प्यूठान) र सह–संयोजक नन्दलाल बञ्जाडे (रुपन्देही) छन्।

पार्टीले २६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ, जसमा सुस्मा राई, योगेन्द्र बस्नेत, निलम ढुंगेल, प्रकाश श्रेष्ठ, रेश्मा दुलाललगायत छन्।