काठमाडौँ, १२ साउन । नेकपा (एमाले)का नेता माधवकुमार नेपाल स्वास्थ्य लाभ गरी आज घर फर्कनुभएको छ ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार उहाँको स्वास्थ्य परीक्षणपछि कुुनै प्रकारको जटिलता समस्या नदेखिएको भनी चिकित्सकले सल्लाह दिए । उच्च रक्तचापका कारण सोमबार उपचारका लागि उहाँ वीर अस्पताल भर्ना हुनुभएको थियो । सोमबार अपराह्न करिब ३ः०० बजे संविधानसभा भवन, नयाँ बानेश्वरमा रहेकै समयमा रक्तचाप बढ्न गई रिँडटा लागेकाले उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
आफ्नो स्वास्थ्य परीक्षण पूरा भएपछि पूर्वप्रधानमन्त्री नेपालले उपचारमा संलग्न वीर अस्पतालका चिकित्सक, सहयोगी तथा स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण व्यक्तिलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । अस्पतालबाट घर फर्कने क्रममा नेता नेपालले सबैको मायाले आफूलाई देश र जनताको सेवामा लाग्न थप बल प्राप्त भएको बताउनुभयो । रासस















प्रतिक्रिया