८ कार्तिक २०८३, आइतबार

२३ घण्टापछि खुल्यो पूर्वपश्चिम राजमार्ग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-nabalparasi (4)चितवन, १२ साउन । पुल भाँचिएर अवरुद्ध पूर्वपश्चिम राजमार्ग मंगलबार अपराह्नदेखि खुलेको छ ।

सोमबार साँझ नवलरासीको गैंडाकोटमा जयश्री खोलाको पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी र यात्रु बीच बाटोमै अलपत्र परेका थिए ।

खोलामा ह्युमपाईप राखेर डाइभर्सन निर्माण गरिएपछि २३ घण्टापछि अबरुद्ध यातायात एकतर्फी रुपमा सूचारु भएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख दीपक भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिमबाट पूर्वतिर जान रोकिएका सवारी साधनलाई अहिले पठाउने कार्य भई रहेको छ ।