काठमाडौँ, १२ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेसँगै उकालो सेयर बजार आज पुनः ओरालो लागेको छ ।
लगानीकर्तामा आएको उत्साहका कारण सेयर बजारमा गत ७ गते बिहीबार ४० अङ्कले, आइतबार ५० अङ्क र सोमबार नेप्सेमा सामान्य सुधारसहित रु एक अर्ब ३० करोडबराबरको कारोबार भएको थियो । आज परिसूचकमा १८.२६ अङ्कले घटेर एक हजार २८ अङ्कमा पुगेको छ ।
बजार खुलेलगत्तै ओरालो लाग्न सुरु गरेको नेप्से एक हजार ४६ बाट घटेर १२ः०० बजेसम्म आइपुग्दा एक हजार २४ अङ्कमा पुग्यो । त्यसपछि नेप्सेमा सुधार आए पनि एक हजार ४४ सम्म पुगेर पुनः तल झ¥यो र बजार बन्द हुँदासम्म एक हजार २८ मा बजार सीमित भएको छ । चालु आवका लागि बिहीबार जारी गरिएको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा वृद्धि गर्ने व्यवस्था गरेको थियो ।
आज बैंक, वित्त, जलविद्युत्, बिमालगायतका समूहका परिसूचक नकारात्मक रह्यो भने एकमात्र अन्य समूहको परिसूचकमा केही सुधार आएको छ । रु ४९ करोड १२ लाख कारोबार भएको छ । बैंक तथा वित्तीय संस्थाको परिसूचकमा लामो समयदेखि परिवर्तन नआएको र राष्ट्र बैंकले लिएको नीतिका कारण नेप्सेमा सुधार नेपाल स्टक ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिको भनाइ छ ।
उहाँका अनुसार लगानीकर्ताले २० प्रतिशतभन्दा माथि नेप्से परिवर्तन हुँदैन भन्ने आँकलन गरेकाले आज नेप्से ओरालो लागेको हो । रासस















प्रतिक्रिया