८ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि हामी बोल्न सक्नुपर्छ : केपी शर्मा ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना हुनु पर्ने बताएका छन् ।

आज काठमाडौँमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले संसद अदालतले पुनर्स्थापना गर्ने यदी त्यो नभएमा राष्ट्रपतिले नै गर्नुपर्ने स्पष्ट पारेका हुन् । असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने नहुने उनले जिकिर गरे ।

‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ र प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई तिब्र बनाउनुपर्दछ,’ ओलीले भने, ‘जसले विघटन गर्छ, त्यसले पुनस्थापना गर्छ। कि त अदालतले गर्छ। होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ। असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिलेरु पुनःस्थापना गर्नुपर्‍यो नि। विघटन गर्ने राष्ट्रपतिले पुनस्थापना गर्नु पर्‍यो। यस कुरामा हामी लेख्नसक्नु पर्दछ। बोल्न सक्नुपर्दछ। सत्यको पक्षमा उभिन सक्नुपर्दछ।’