– अनिल खत्री
गुल्मी, १२ साउन । बन्दका बेला अराजक गतिविधी गर्ने नेत्रविक्रम चन्द विप्लव माओवादीका ७ कार्यकर्ता रिहा भएका छन् ।
विप्लवका गुल्मी जिल्ला सेक्रेटरीसहित ७ कार्यकर्तालाई मंगलवार छाडिएको डीएसपी हिमालय श्रेष्ठले बताए । सोमवार साँझ सदरमुकाम तम्घासको क्याम्पस रोड हुँदै भुतबंगलातर्फ भुमिगत शैलीमा मशाल जुलुश निकालेर हिडेको अवस्थामा जिल्ला सेक्रेटरी विष्णु पन्थ सहित ७ जना जिल्ला सदस्यहरुलाई प्रहरी टोलीले पक्राउमा परेका थिए ।
पक्राउ परि रिहा हुनेहरुमा सेक्रटरी बिष्णु पन्थ, जिल्ला सचिवालय सदस्य पुरन तरामु मगर, चिन्तामणी ज्ञवाली, प्रशान्त वराल, जिल्ला सदस्य चनबहादुर बिक, बुद्धि सागर, उदयमान रहेका थिए । यस अघि देशका विभिन्न भागमा पक्राउ परेका कार्यकर्ताहरुको रिहाईको माग गदै निकालिएको जुलुस निकालेको माओवादी गुल्मीले जनाएको छ ।















प्रतिक्रिया