८ कार्तिक २०८३, आइतबार

भारतका पूर्वराष्ट्रपति कलामप्रति एमाले अध्यक्षबाट श्रद्धाञ्जली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr abdul kalam azadकाठमाडौंँ, १२ साउन । भारतका पूर्वराष्ट्रपति महामहिम डा एपिजे अब्दुल कलामको ८३ वर्षको उमेरमा भएको निधन भएकोमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज जारी गर्नुभएको शोक वक्तव्यमा साधारण परिवारमा जन्मेर, दुःखकष्ट र आरोह–अवरोहका अनेकौँ शृङ्खला पारगर्दै गणतन्त्र भारतको ११औँ राष्ट्रपतिका रूपमा सर्वोच्च ओहदामा पुग्न र त्यस ओहदाको गरिमा एवम् भूमिका कुशलतापूर्वक सम्पन्न गर्न सफल कलामको सङ्घर्षपूर्ण जीवन धेरैका लागि प्रेरणाका रूपमा रहेको उल्लेख गर्नुभएको छ ।

‘प्रकाण्ड विद्वान र मिसाइल वैज्ञानिकका रूपमा प्रसिद्ध उहाँ नेपाल र नेपाली जनताका शुभचिन्तक र मित्र हुनुहुन्थ्यो । उहाँको निधनबाट नेपालले एकजना मित्र गुमाएको दुःखद् अनुभूति हामीलाई भइरहेको छ’, वक्तव्यमा भनिएको छ ।

दुःखको यस घडीमा पुनः एकपटक दिवङ्गत कलामप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त भारतीय जनता, भारत सरकार र उहाँका परिवारजनप्रति एमाले हार्दिक समवेदना व्यक्त गर्दछ, बक्तव्यमा भनिएको छ । रासस