७ श्रावण २०८३, बिहिबार

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, २१ कात्तिक । गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको छ ।

प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको प्रथम तीन महिनामा २६ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवमा सोही अवधिमा आठ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरका वस्तु निर्यात भएका थिए ।

चालु आवको तीन महिनामा १३ अर्ब ९८ करोड रुपैयाँ मूल्यका छ करोड ७१ लाख तीन हजार तीन सय आठ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

यसैगरी, चालु आवको तीन महिनामा दुई अर्ब सात करोड रुपैयाँ मूल्य पर्ने दुई करोड १२ लाख ४८ हजार तीन सय ८३ लिटर जुस निर्यात भएको छ । साथै, एक अर्ब ७० करोड रुपैयाँ मूल्य पर्ने तीन करोड ६८ लाख ४८ हजार तीन सय आठ लिटर सूर्यमुखीको प्रशोधित तेल र ९७ करोड रुपैयाँ मूल्यका दुई करोड ४९ लाख पाँच हजार एक सय ८५ थान कपडा र ६६ करोड रुपैयाँ मूल्य पर्ने सेन्थेटिक यार्न निर्यात निर्यात भएको छ ।