भक्तपुर, १२ साउन । उद्योग मन्त्री महेश बस्नेतले साउनभित्रै जनताको चाहनाअनुसारको संविधान जारी हुने बताउनुभएको छ ।
भक्तपुर जिल्लाको अनन्तलिंगेश्वर नगरपालिकाको गुण्डुमा मानवीय आस्था नेपालले आयोजना गरेको राहत वितरण कार्यक्रममा बोल्दै उहाँले कुनै पनि बहानामा अब संविधान जारी गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो –“ढुक्क हुनुहोस्, अब संविधान आउँछ, संविधान ल्याउन कसैले रोक्न सक्दैन ।”
संविधान जारी भएलगत्तै देशमा शान्ति र विकासले फड्को मार्ने बताउँदै उहाँले जनताको चाहना र सुझावबाटै संविधान जारी हुने बताउनुभयो ।
कार्यक्रममा मन्त्री बस्नेतले गुण्डुको साविक वडा नं १, २, ३, ४ र दधिकोटका चार वडाका ९२ परिवार भूकम्पपीडितलाई अस्थायी टहरा र एक महिनालाई पुग्ने चामलसहितको खाद्यान्न सामग्री वितरण गर्नुभयो ।















प्रतिक्रिया