१ कार्तिक २०८३, शनिबार

इण्डोनेसियामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, संयौंको संख्यामा हताहति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indonesia-earthquackकाठमाडौं, १२ साउन । इण्डोनेसियामा मंगलबार शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक संस्थाका अनुसार पूर्वी इण्डोनेसियाको पपुआलाई केन्द्रविन्दु बनाएर विहान ४ बजेर ४१ मिनेटमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु पापुआबाट ७५ किलोमिटर दुरीसम्म भूकम्पको ठूलो धक्का महसुस गरिएको स्थानीय मौसम विभागका अधिकारीले जनाएको समाचार एजेन्सीले जनाएका छन् । भूकम्प ४९ किलोमिटर गहिराईमा थियो ।

भूकम्पको धक्काले स्थानीयहरु त्रसित भएका छन् । भूकम्पका कारण करोडौंको धनमाल नष्ट भएको समाचार जनाइएको छ । प्रारम्भिक रिपोर्ट अनुसार मानिसको मृत्यु भएको खबर आएको छैन् । यद्यपी सयौंको संख्यामा हताहति भएको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीय प्रशासनले भूकम्पपछि उद्दार तथा राहत कार्यलाई तिव्रताका साथ अगाडि बढाएको छ ।