२९ आश्विन २०८३, बिहिबार

बिहेको रत्यौलीमा नाच्दानाच्दै ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parbat_district_Map

पर्वत, ३० जेठ । बिहेको रत्यौलीमा नाच्दानाच्दै पर्वतमा एक महिलाको ज्यान गएको छ ।

पर्वतको आर्थर डाडाँखर्क गाउँ बिकास समिति वडा नं ४ काहुलेकी ७० बर्षीया द्रौपदा पौडेलको बिहेमा नाँच्दै गर्दा बेहोस भएपछि ज्यान गएको हो।

पौडेल साँझ साढे ५ बजे नाँच्दै गर्दा बेहोस भएर ढलेपछि ज्यान गएको हो। ढलेपछि होस नखुलेर मृत्यु भएको स्थानीयबासी माया गुरुङले बताइन्। स्थानिय गंगाबहादुर नेपालीको बिहेमा रत्यौली भएको हो। शारिरीक रूपमा दुब्दो र कमजोर रहेकी पौडेल आधा घण्टा सम्म लगातार नाँचेपछि ढल्न पुगेकी थिइन।