काठमाडौं, १२ साउन । एमाओवादीका नेताहरु भारतीय संस्थापन पक्षसँग सिधै सम्पर्कमा भएका उपयुक्त पात्र नभेट्दा कांग्रेस नेता अमरेशकुमार सिंहको भर पर्नुपर्ने बाध्यता थियो । अध्यक्ष प्रचण्डसहित शीर्ष माओवादी नेतृत्वको भान्सासम्मै पहुँच भएका कांग्रेस नेता अमरेशकुमार सिंहको अब भर परिरहनु नपर्ने भएको छ ।
त्सका लागि हारि छन् हाल माओवादी कार्यकर्ता भइसकेका ज्योति झा । तिनै ज्योति झाको भारतमा क्रियाशीलताका कारण यस पटकको एमाओवादी अध्यक्ष प्रचण्डको भारत भ्रमण निकै सहिजाले भयो । उनले अध्यक्ष प्रचण्डको भ्रमण दलका सदस्यहरुलाई समेत निक्कै सहज हुने गरी व्यवस्थापनमा क्रियाशीलता देखाए ।
नयाँ दिल्लीबाट ६ घण्टा टाढा अहमदावादमा ठूलै कृषिफार्म सुरु गरेका सामान्य नेपाली माओवादी कार्यकर्ताको प्रगति र पहुँच देख्दा अध्यक्ष प्रचण्डको भ्रमणदल चकित नै परेको थियो । भ्रमण दलका सदस्य शिव खकुरेलले जनादेशसँग भने ‘उनको भारतमा निकै राम्रो पहुँच रहेछ । ठूलो ठूलो व्यावसायमा पनि साझेदारी रहेछ ।’
खकुरेलका अनुसार ज्योति झा र अर्का भारतीय व्यापारी रोहितले प्रचण्डलाई अहमदावादको भ्रमण गराउने त्यहाँका मुख्यमन्त्रीसहितसँग भेटघाटको चाँजो मिलाएका थिए । तर, अध्यक्ष प्रचण्डको समय अभावका कारण यसपटक भने भ्रमण सम्भव भएन । भारतस्थित दुतावास स्रोतका अनुसार ज्योति झाले नयाँ दिल्लीमा सात करोड भारु बराबरको भव्य होटल खोल्दै गरेको जानकारी गराएका थिए । जनादेश साप्ताहिकमा खबर छ।















प्रतिक्रिया