काठमाडौं, १२ साउन । राजधानीको धापासीमा विश्व स्तरिय सुविधा सहित संचालित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले एक पछि अर्को नयाँ प्रविधि भित्र्याउने क्रम जारी राखेको छ ।
विरामीको सुविधालाइ ध्यानमा राखेर अस्पतालको नाक कान घाँटी बिभागले पछिल्लो पटक कानको शल्यकृयामा प्रयोग हुने इन्डोस्कोपिक इयर सर्जरी सेवा शुरु गरेको छ ।
कानको जाली बिग्रीएका बिरामीहरुमा इन्डोस्कोपिक (टेलिस्कोप) प्रविधिले मध्ये कानको संक्रमण हटाउने, मध्ये कानको हड्डीहरु ओसिकल्स बनाउने र जालीको स्थापना गर्ने काम गर्न यो प्रबिधि अत्यन्त उपयोगी छ ।
गत आइतवार दाहिने कानको जालीमा प्वाल परी समस्या भएका विरामी राज राणाको इन्डोस्कोपिक प्रविधिवाट गरीने शल्यकृया इन्डोस्कोपिक टिम्प्यानोप्लाष्टी समेत गरीएको अस्पतालले जनाएको छ ।
ग्रान्डी अस्पतालका नाक कान घाँटी बिभागका प्रमुख डाक्टर प्रकाश काफ्लेले गरेको सो शल्यकृयामा एनेस्थेसियोलोजिष्ट डाक्टर मुरारी उप्रेती र डाक्टर अर्चन अधिकारी र डाक्टर अविनाश गुरुङले साथ दिएका थिए । त्यसैगरी शल्यकृयामा स्टाफ नर्स नागमणी धामी र इन्डोस्कोपी सहायक बिरेन्द्र खड्काले सघाएका थिए ।
अत्याधुनिक यस प्रविधिबाट शल्यकृया गर्दा समय कम लाग्ने, कानको पछाडि चिर्नु नपर्ने भएकाले घाउ नहुने र मध्ये कानको समेत बिस्तृत अध्ययन गर्न सकिने हुनाले यसलाइ ग्रान्डीले भित्र्याएको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिएका छन् ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको नाक कान घाँटी बिभागमा डाक्टर प्रकाश काफ्ले र डाक्टर आनन्द घिमिरे पूर्णकालीन रुपमा कार्यरत हुनुहुन्छ ।















प्रतिक्रिया