४ कार्तिक २०८३, बुधबार

गृहमन्त्री बामदेव गौतमले कसलाई माया बाँडे ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौं, १२ साउन । अर्धसैनय संरचनाको सशस्त्र प्रहरी बललाई प्रहरी बनाउन पक्राउ पूर्जीको अधिकार दिएका गृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीलाई झन् कमजोर बनाउने योजना बनाएपछि प्रहरी नेतृत्व उनीसँग झस्किएको छ ।

संघीय शासन प्रणालीमा नेपाल प्रहरीलाई भन्दा सशस्त्र प्रहरीलाई बलियो बनाउन गौतमले लबिङ गरेको स्रोत बताउँछ ।

नेपाल प्रहरीले आफूलाई टेर्न छोडेपछि गौतमले सशस्त्र प्रहरीलाई माया गर्न थालेको समाचार दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

संघीय शासन प्रणालीमा सशस्त्रलाई केन्द्रीय संरचना अनुसार नै चलाउने तर नेपाल प्रहरीलाई प्रान्तीय प्रहरीमा लैजाने योजना अघि बढेको छ ।

जसप्रति नेपाल प्रहरी असन्तुष्ट छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहितका एआजीहरुले सोमबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूहलाई कमजोर बनाउन लागिएको भन्दै गुनासो सुनाएका छन् ।

भेटमा पक्राउ पुर्जीको विषय पनि उठेको थियो । व्यापक विरोधका वाबजुद सशस्त्रलाई पक्राउ पूर्जीको अधिकार दिइएको थियो ।

अब देश संघीय शासन प्रणालीमा जाने र त्यस्तो बेलामा नेपाल प्रहरी विघटन जस्तै हुने भएकोले सशस्त्रलाई पक्राउ पुर्जीको अधिकार दिंदा केही फरक नपर्ने जवाफ वामदेवले कोइरालालाई दिएका रहेछन् ।